रवीन्द्र मिश्र अझै कम्तीमा ५ दिन हिरासत रहने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रहरी हिरासतमा रहेका उनीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहित केही व्यक्तिलाई फरक मिति र स्थानबाट पक्राउ गरिएको थियो । संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।मिश्रले संसद् भवन बानेश्वरतिर अघि बढ्न आन्दोलनकारीलाई उक्साएका थिए ।
रवीन्द मिश्रसँगै दुर्गा प्रसार्ईंको पनि ५ दिन म्याद थपिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस