रवि लामिछाने आज भारत भ्रमणमा, भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज दिउँसो १ बजे भारत जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
भ्रमण टोलीमा उनकी पत्नी निकिता लामिछाने, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्।
रास्वपाका अनुसार सभापति लामिछानेले New Delhi मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन्। पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भाजपा शीर्ष नेतृत्वसँग विभिन्न समसामयिक विषयमा छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको उल्लेख छ।
भ्रमणका क्रममा लामिछाने व्यक्तिगत रूपमा Ayodhya पनि जाने कार्यक्रम रहेको छ। साथै, Embassy of Nepal, New Delhi ले भ्रमणका विभिन्न कार्यक्रम सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गरिरहेको रास्वपाले जनाएको छ।
रास्वपाले आइतबार राति विज्ञप्ति जारी गर्दै जेठ १८ देखि २२ गतेसम्मको भारत भ्रमण तालिका सार्वजनिक गरेको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस