रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरण सम्बन्धी प्रक्रिया अघि बढेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए।
अड्डासारका लागि अदालतबाट आदेश होइन सहमतिरअनुमति लिनुपर्ने हुन्छ । जुन अदालतमा मुद्दा चलिरहेको हुन्छ, त्यो अदालतले अनुमति दिनुपर्नेमा अदालतको अनुमति प्राप्त छ । उहाँको निवेदन पनि छ’, उनले भने, ‘सरकारले कुन कारागारमा सार्ने सुरक्षाका सबै विषय हेरेर निर्णय गर्नुपर्छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । म सकारात्मक छु ।’
लामिछानेलाई छुटै कोठामा राखिएको र कारागार प्रशासनले बेलाबेला चासो दिने गरेको पनि उनले बताए। उनका अनुसार लामिछानेलाई कारागारमा कुनै पनि कानुनी सुविधा वञ्चित गरिएको छैन। “जेलहरू साघुँरा छन्, तर उहाँलाई अलग्गै कोठामा राखिएको छ। विशेष सुविधा भने दिइएको छैन,” उनले स्पष्ट पारे।
लामिछानेलाई विशेष सुविधा नदिइएको तर न्यूनतम सुविधाबाट बञ्चित नगरिएको पनि उनले बताए। त्यस्तै, रवि लामिछानेलाई कारागार सार्ने काम पनि अघि बढाइरहेको दाबी पनि लेखकले गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ १२ कक्षाको परीक्षाको मिति तय
- २ कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?
- ३ आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक
- ४ आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
- ५ मधानी महायज्ञ आजदेखी सुरु : भगवान शिवपार्वतीको बरात यात्रा सम्पन्न
- ६ रुपन्देहीमा आजपा उम्मेदवारको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ७ टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै

तपाईको प्रतिक्रिया दिनुहोस