रंगशालामा प्रधानमन्त्रीविरुद्ध असभ्य नाराबाजी गर्नेहरु रास्वपाबाट खटाइएका व्यक्ति
काठमाडौं/१५ कातिक, बुधवार साँझ दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट संगठित रूपमा खटाइएका व्यक्ति रहेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार नाराबाजी गर्नेहरू प्रायः सबैको पहिचान भएको र उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएका थिए । त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको समेत प्रहरीले जनाएको छ ।
नाराबाजी हुनसक्ने सूचना बिहानैदेखि पाएर प्रहरीले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन गरेको थियो । रास्वपा कार्यकर्ताले आन्तरिक मेसेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीले भेटेको छ ।
नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन् । अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने आदेश प्रहरीलाई थियो ।
ती अधिकारीले भने– विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमी नागरिकका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन शाह जिन्दाबाद भन्ने तयारी पहिले नै गरेको जानकारी थियो । यसमा संगठितरुपमा नभए पनि माओवादी कार्यकर्ता पनि केही संख्यामा संलग्न थिए । राजावादी र बालेन समर्थक हिजोको नाराबाजीमा त्यति पहिचान भएनन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने अधिकांश पहिचान भएका छन्,उनीहरूलाई नोटिसमा मात्र राखिएको छ ।
रास्वपा समर्थकहरूले रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको विषयलाई सुरक्षा निकायले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेका थिए ।
विगतमा जस्तै बालेन शाह जिन्दाबाद, केपी ओली मुर्दावादको नारा लगाउँदा नाराबाजीको दोष बालेन समर्थकमाथि जाने योजना अनुरूप नै केही व्यक्तिले असभ्य नारा लगाएको प्रहरीले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान थालिएपछि ओलीविरुद्ध सो पार्टीका नेता कार्यकर्ता आक्रामकरुपमा प्रस्तुत भइरहेका छन् ।
ओलीले भने आफूले छानविन समिति नबनाउने भन्दै रवि स्वयं र अहिले रविको पक्षमा उभिएको माओवादीले समेत समिति बनाउने निर्णय गरेको भन्दै सोही समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ पर्दा आफूलाई आरोप लगाइएकोमा आपत्ति जनाएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ४ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ५ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस