यो सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं।सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।बोर्डका अनुसार, यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।
कोभिड १९ का कारण सुस्ताएको पर्यटन आवागमनमा ९९ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ । तथ्यांकले सुस्ताएको पर्यटन व्यवसाय पुनः लयमा फर्किएको देखाएको छ ।काठमाडौं । सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।कोभिड १९ का कारण सुस्ताएको पर्यटन आवागमनमा सुधार भएको बोर्डले जनाएको छ ।
तथ्यांकले सुस्ताएको पर्यटन व्यवसाय पुनः लयमा फर्किएको देखाएको छ ।सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८८२ जना पर्यटक आइका छन् । जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो ।
यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकपटक लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
दोस्रो स्थानमा चीनबाट ६ हजार ८९० जना ९.८ प्रतिशत, तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना ९.४ प्रतिशत, बंगलादेशबाट चार हजार ४१३ जना ६.३ प्रतिशत र बेलायतबाट तीन हजार ५४७ जना ५.१ प्रतिशत पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
यसैगरी जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट आएका छन् । भारतबाट २७ हजार १५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस