Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारयो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई पनि हो : प्रभु साह

    यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई पनि हो : प्रभु साह


    रौतहट, २७ माघ आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु रहेको बताउदै उनले भ्रष्टाचारी, लुटेराहरुलाई कारवाही गर्नका लागि राम्रा मान्छेहरु एकीकृत हुन आवश्यक रहेको उनले बताए ।

    रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा आज चुनावी छलफल एवं भेटघाटका क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।

    रौतहट–३ का उम्मेदवार समेत रहेका आजपा अध्यक्ष साहले भने, ‘सबैतिर राम्रा र नराम्रा मान्छेहरु छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरु छन् । भ्रष्टाचारी, लुटेरालाई कारवाही गर्न, समाज परिवर्तन गर्न, विकासका काम अगाडी बढाउनका लागि राम्रा मान्छेहरु एकजुट हुन आवश्यक छ । हामी एकीकृत हुँदै भ्रष्ट, दलाल, लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यक्ता हो ।’

    राम्रा मान्छेहरु एकठाउँमा नआएसम्म समाज परिवर्तन गर्न नसकिने बताउदै उनले जिल्लाको विकास, समृद्धि, जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु आजपामा गोलबद्ध हुन साहले आग्रह गरे ।

    ‘यो निर्वाचन असली र नक्कलीबीचको लडाई पनि हो । यो निर्वाचन जेनजी आन्दोलनका हत्यारा, हाइज्याकर, भ्रष्टचारी बिरुद्धको लडाई हो । त्यसैले राम्रा मान्छे एकीकृत हुँदै समाजविरोध, मुलुक विरोधलाई यो निर्वाचनमा हामीले परास्त गर्नैपर्ने हुन्छ,’ आजपा अध्यक्ष साहले भने ।

    जुगौलियाको भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ व्यक्तिहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य एवं समानुपातिक तर्फका उम्मेदवार लालबाबु मन्सुरीले जनाएका छन् । ग्यानु सिंह, सुधिर सिंह, रामएकबाल साह, शेख नुरसैद, शेख जमिलअख्तर लगायतका दर्जनौं व्यक्तिहरुलाई आजपा अध्यक्ष साहले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT