काठमाडौं । आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले मध्यक्रम सम्हालेपछि आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो वार्मअप खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
मंगलबार मुम्बईमा भएको खेलमा यूएईले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा आरिफ र दीपेन्द्र अविजित रहे । आरिफले ३७ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए । दीपेन्द्रले ३१ बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।
यी दुईले ४५–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका हुन् ।कप्तान रोहित पौडेलले १६ रन थप्दा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेल समान आठ रनमा पभेलियन फर्किए ।
यूएईका मुहम्मद रोहिदले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।यूएईका सोहैब खानले सर्वाधिक ३८ रन बनाएका थिए । हर्षित कौशिकले ३५, ओपनर आर्यन्स शर्माले २५, मुहम्मद जोहैबले १९ र आलिशान सराफुले १२ रन थपे । नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस