Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारयुरोपेली युनियनका २२ राजदूत तथा नियोग उपप्रमुखद्धारा प्रधानमन्त्री बालेनसंग सामुहिक भेट्ने

    युरोपेली युनियनका २२ राजदूत तथा नियोग उपप्रमुखद्धारा प्रधानमन्त्री बालेनसंग सामुहिक भेट्ने


    काठमाडौँ।नेपालका लागि युरोपेली युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयू प्रतिनिधिमण्डलको दुईदिने नेपाल भ्रमण कार्यक्रम सोमबारबाट सुरु भएको छ ।प्रतिनिधिमण्डलमा नेपालका लागि ईयूका २२ आवासीय तथा गैरआवासीय राजदूत र नियोग उपप्रमुख सहभागी छन् ।

    नेपाल आएको ईयू प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत र नियोग उपप्रमुखहरू छन् ।

    काठमाडौं आएलगत्तै उनीहरूले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।“यो भ्रमण बालेन्द्र शाह सरकारलाई भेट्ने तथा ईयू र नेपालबीचको मजबुत सम्बन्धलाई पुनः पुष्टि गर्ने अवसर हो,” काठमाडौंस्थित ईयूको नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ईयूको प्रतिनिधिमण्डलले मंगलबार बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    ईयूका राजदूतहरूले निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरू र युवा नेताहरूलाई पनि भेटघाट गर्नेछन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT