Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रयाम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि

    याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि


    काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो। यो आइपिओ वैशाख २२ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ।

    कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ, जसको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुट्याइसकिएको छ भने बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता सर्वसाधारणका लागि निर्धारण गरिएको हो।

    सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत (२ लाख १० हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ प्रतिशत (४२ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (१ लाख ५ हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

    यस निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

    केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर–एनपी बीबी माइनस’ जारीकर्ता रेटिङ पुनः पुष्टि गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ।

    याम्बालिङ हाइड्रोपावरले सिन्धुपाल्चोकमा ७.२७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना गत फागुन ८ गतेदेखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ

    लगातार दोस्रो दिन नेप्सेमा गिरावट, १९.६७ अंकले घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि गिरावट आएको छ। आज नेप्से १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम

    सुन तोलामा २४ सय र चाँदी १६० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य

    मौद्रिक नीतिपछि नेप्सेमा ३०.०९ अंकको गिरावट, कारोबार ४ अर्ब ८२…

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजारमा गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

    राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन : ‘मिसन १६…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई सरकारले निर्धारण गरेको राजस्व संकलन लक्ष्य

    नेप्सेमा २६.२९ अंकको गिरावट, सबै उपसूचक राताम्मे

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा बन्द भएको छ।

    Techie IT