Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतियस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौं निर्णय

    यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौं निर्णय


    काठमाडौँ।  सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ  निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।  सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि  केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।
    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णहरु:

    १ . मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन | कार्ययोजना, २०८२ स्वीकृत गर्ने ।

    २ . मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    प्रधानमन्त्री तथा २०८२ जेठ १० गतेदेखि ११ गतेसम्म अष्ट्रियाको भियनामा सञ्चालन मन्त्रिपरिषद्को कार्यालय हुने Global Forum for Human Trafficking Survivors-Voice of |Resilience मा नायब महान्यायाधिवक्ता श्री संजीवराज रेग्मीलाई | सहभागी हुन स्वीकृति प्रदान गर्ने।

    ३.अर्थ मन्त्रालय

    नेपाल राष्ट्र बैकको रिक्त गभर्नर पदमा डा. विश्वनाथ पौडेल, | चितवनलाई नियुक्त गर्ने।

    ४ . उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

     २०८२ जेठ ११ गतेदेखि १९ गतेसम्म जनवादी गणतन्त्र चीनमा | आयोजना हुने Fourth Dialogue on Exchanges and Mutual Learning | among Civilizations कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई स्वीकृति दिने

    ५ . भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

    नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदीको बिच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी- | नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने

    ६.रक्षा मन्त्रालय

    नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह अन्तर्गत | मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने। | 

    ७. वन तथा वातावरण मन्त्रालय

     २०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म Dushanbe, Republic of Tajikistan मा आयोजना हुने Leaders round Tables of the International Conference on Glaciers Preservation कार्यक्रममा | सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई | स्वीकृति प्रदान गर्ने।

    ८. सहरी विकास मन्त्रालय

    अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति (पाँचौँ | संशोधन) आदेश, २०८२ स्वीकृत गर्ने ।

    ९ .सहरी विकास मन्त्रालय

     सुर्खेत उपत्यका | १२६५८.६० वर्गमीटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा | उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन | स्वीकृति दिने।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौं।सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई

    Techie IT