Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रिययसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली

    यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली


    काठमाडौँ/ २९ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले वि. सं.२०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ । नेपाल बाल सङ्गठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गर्नुभयो ।
    प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरुले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताउनुभयो । प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नपर्ने बताउनुभयो । “बाल्यकालदेखि नै बालबालिकाहरुले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनु हुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा बालबालिकाहरु अभिभावकबिहीन भएर कोही बालबालिका सडकमा रहन सन्दैन भनेर भनेको थिएँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उनीहरुले आफ्नो नैसिर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरुको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।”
    कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    Techie IT