Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिम रहेसम्म संघीय लाेकतमन्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति पाैडेल

    म रहेसम्म संघीय लाेकतमन्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति पाैडेल


    विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग परिसंघ काेशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेकाे प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूकाे भेलालाई सम्बाेधन गर्दै राष्ट्रपति पाैडेलले भन्नुभयो – म तपाईँहरूलाई के विश्वास दिलाउन चाहान्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।

    उहाँले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता पनि प्रकट गर्नुभयो ।
    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयाे ।
    उहाँले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिनुभयो ।

    स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । “सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ”, उहाँले भन्नुभयो ।

    राष्ट्रपति पौडेलले भन्नुभयो, “मैले यहाँ भन्नै पर्दछ, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तह नीजिक्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्दछ । ”

    नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोज‌गारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै राष्ट्रपति पौडेलले त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ भन्नुभयो । “सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

    स्वदेशमै, गाऊँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर आज हाम्रा गाऊँघर रित्तिदै छन् भन्दै उहाँले यो स्थितिलाई रोक्नका लागि हाम्रो कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

    “साथै विदेशी ठूला कम्पनीहरूसँग सहकार्य गरी विकसित देशहरूबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर हामी लागौं । यसको नेतृत्व हाम्रा तपाई उद्योगपति र व्यापारीहरुले नै गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    “ कुल लगानीमा दुई तिहाईभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    “कोभिड–१९ महामारीको प्रभाव स्वरूप अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि पुनरुत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव अवश्य परेकै छ, तर जसरी आन्तरिक अर्थतन्त्र चलायमान हुनपर्ने हो त्यसरी हुन सकिरहेको छैन । फलस्वरूप, रोजगारी सृजनालगायत आन्तरिक उत्पादनमा वृद्धि भई निर्यात बढ्न सकेको छैन भने राजश्वको लक्ष्य पनि प्राप्त गर्न गाह्रो परिरहेको छ । उद्योगधन्धा पूर्ण क्षमतामा चल्न सकेको स्थिति छैन । यो समस्याबाट कसरी निस्कने अबको हाम्रो चिन्ता र चासो त्यता केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधानन्तर स्थिति बचतमा रहेको प्रसंग उल्लेख गर्दै उहाँले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्दछ भन्नुभयो । “विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अफ्ठयारो अवस्थामा लिएका कदमहरूलाई सरकारले विस्तारै सामान्य गराउँदै लैजानुपर्दछ भन्ने लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    कोशी प्रदेशको कुरा गर्दा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, बराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिर लगायतलाई आर्कषक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।
    “म के भन्न चाहन्छु भने यो क्षेत्रमा अगाध सम्भावना छ, चाहे त्यो पर्यटन होस्, उद्योग वा अन्य कुनै । तर हामीमा खाँचो छ केवल अठोटको, प्रतिवद्धताको, इमान्दारिता र नैतिक आचरणको । आज म यसतर्फ सवैको ध्यानाकर्षण गराउन चाहन्छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT