म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित, लिभरपुल ३–२ ले पराजित
काठमाडौँ। इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुलविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ।
ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडका लागि म्याथ्यु कुन्हा, बेन्जामिन सिस्को र कोबी मेइनोले समान एक–एक गोल गरे। लिभरपुलका लागि डोमिनिक स्जोबोसजलाई र कोडी गाक्पोले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको छैटौँ मिनेटमै कुन्हाले युनाइटेडलाई अग्रता दिलाएका थिए भने आठ मिनेटपछि सिस्कोले दोस्रो गोल थप्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए।
दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्यो। सुरुआतमै स्जोबोसजलाईले गोल गर्दै अन्तर घटाए भने ५६औँ मिनेटमा गाक्पोले बराबरी गोल गरे।
तर, ७७औँ मिनेटमा मेइनोले निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को महत्वपूर्ण जित दिलाए।
यस जितसँगै ३५ खेलबाट ६४ अंक जोडेको युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ५८ अंक रहेको लिभरपुल चौथो स्थानमा छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस