Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारमौलापुर नगरपालिकाको लोकप्रिय कार्यक्रम रोक्ने षडयन्त्र भएपछि स्थानीय आक्रोशित

    मौलापुर नगरपालिकाको लोकप्रिय कार्यक्रम रोक्ने षडयन्त्र भएपछि स्थानीय आक्रोशित


    रौतहट, १३ वैशाख । रौतहटको मौलापुर नगरपालिकाले बर्षौदेखी दिदै आएको बिजुली-पानीको भुक्तानी एवं छोरीको बिवाहमा गर्ने सहयोगलाई निरन्तरता दिनुपर्ने माग गर्दै स्थानीयले आन्दोलनको घोषणा गरेको छ ।

    बिजुली, पानी तथा विवाहको बाँकी भुक्तानी तुरुन्त उपलब्ध गराउनुपर्ने माग गर्दै गठन भएको संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

    संघर्ष समितिका संयोजक भोला पाण्डेले मौलापुर नगरपालिकाले बर्षौदेखी उपलब्ध गराउदै आएको आधारभुत एवं सामाजिक सेवा सहयोगको रकम तुरुन्त निकासा गर्नुपर्ने माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    पाण्डेका अनुसार वैशाख १३ गतेदेखि टोल टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन गर्ने, ⁠वैशाख– १५ गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने, ⁠वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने, र ⁠जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    नगरपालिकाका विभिन्न वडामा गठित संघर्ष समितिले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै समयमै नगरपालिकाले माग सुनुवाई नगरे थप आन्दोलनका कार्यक्रम पनि ल्याउँने चेतावनी दिएका छन् । नगरपालिकाले नागरिकको दैनिकि जीवनसँग प्रत्यक्ष जोडिएका सेवा समयमै उपलब्ध गराउदै आएको तर पछिल्लो समय नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरबासीले पाउँदै आएका सेवा रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे विभिन्न बहाना बनाउदै बर्षौदेखी नगरबासीले पाउँदै आएको सेवा रोक्ने र नगरपालिकाको लोकप्रिय कार्यक्रमलाई हटाउने षडयन्त्रमा लागेको गुनासो स्थानीयले गरेका छन् ।

    मौलापुरका मेयर रिनाकुमारी साहले नगरपालिकामा बिजुली, पानी, निशुल्क रहेको र अन्य सेवा निशुल्क रहेको बताइन । बर्षौदेखी उपलब्ध गराउदै आएको सेवाहरुलाई आफूहरुले निरन्तरता दिन खोजेको भए पनि त्यसको भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतले रोक्ने गरेकाले समस्या आएको उनले बताइन् ।

    ‘माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ । नगरबासीले पाउँदै आएको सेवा, सुविधा षडयन्त्र गरेर रोक्ने, बदनाम गर्ने काम माथि बसेर कसले दिएको हो ? संविधान र कानून अनुसार स्थानीय सरकारको लोकप्रिय कार्यक्रमलाई रोक्ने अधिकार माथि बस्ने प्रधानमन्त्रीलाई पनि छैन् । तर यहाँ विभिन्न बहाना एवं षडयन्त्र गरेर नागरिकले पाउँदै आएको सेवा, सुविधा नै खोस्ने काम हामीलाई स्वीकार्य छैन,’ मेयर साहले भनिन् ।

    यसको निकास छिटै हुने विश्वास उनले व्यक्त गरेकी छन् । मौलापुर नगरपालिका देशैभरी आफ्ना लोकप्रिय कार्यक्रमका कारण चर्चित रहेको छ । यहाँको लोकप्रिय एवं राम्रा कार्यक्रम अन्य पालिकाले समेत अनुशरण गर्दै अगाडी बढदै गर्दा ति कार्यक्रमलाई संविधान अनुसार कसैले रोक्न नसक्ने उनले बताइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT