मौलापुरका मेयर रिना साहको पहिलो निर्णय अनुसार सोनरनियामा एकीकृत दलित बस्ती निर्माण शुरु
रौतहट १८ चैत ।रौतहटको मौलापुर नगरपालिका -९ सोनरनियामा फेरि अर्को एकीकृत दलित बस्ती निर्माण हुदैछ ।
मौलापुरका मेयर रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव, वडाध्यक्ष सहित जनप्रतिनिधिहरू एवं स्थानीयको बिशेष सहभागितामा आज भुमि पुजा सहित शिलान्यास कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन ।
यसअघि मर्यादपुर र मौलापुरमा एकीकृत दलित बस्ती निर्माण भइसकेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहिलो निर्णय अनुसार सोनरनियामा एकीकृत दलित बस्ती निर्माण हुदैछ ।
`मौलापुर नगरपालिकाले आज फेरी अर्को एकीकृत दलित बस्तीको निर्माण शुरू गरेकोछ । ६ करोड़ ८७ लाख लागतको ठेक्का एवं चार करोड़ ३९ लाखको समझौतामा शुरू भएको उक्त आयोजना एक वर्षमा सम्पन्न हुनेछ । सोनरनिया गाऊँमा निर्माण हुने यस आयोजनाबाट झण्डै ३०/४० परिवार लाभान्वित हुनेछ,´ साहले भने ।
पृसा सृष्टि श्रीराम जेभी सर्लाहीले निर्माण गरिरहेको सो एकीकृत दलित बस्ती झन्डै १५ महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
मेयर साहले एकीकृत दलित बस्ती निर्माण सहित फ्री कर, शिक्षा, स्वास्थ्य लगायतका सेवा निशुल्क दिदै आएकोमा अन्यत्र पनि चर्चाको बिषय बनेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार
- ७ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि

तपाईको प्रतिक्रिया दिनुहोस