मोबाइल व्यवसायीद्धारा ‘सामसुङ रिटल मीट’ बहिष्कार
काठमाडौं। सामसुङ मोबाइल कम्पनी सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन् ।
मोबाइल व्यवसायीहरुले व्यवसायीको समस्या राख्दै गर्दा सामसुङ नेपालका प्रतिनिधिहरुले सुन्न नचाहेपछि मोबाइल व्यवसायीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन् । सो क्रममा व्यवसायी र कम्पनीका प्रतिनिधिहरुबिच भनाभन नै भएको हो ।
नेपाल मोबाइल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शुरेस सापकोटाले व्यवसायीहरुले कार्यक्रममा कम्पनीसँग सम्वन्धित समस्या राख्दै गर्दा अवरोध गरेपछि कार्यक्रम नै बहिष्कार गरिएको जानकारी दिए।
‘हामीले सामसुङ नेपालका प्रतिनिधिसँग व्यवसायीका समस्याकाबारे आफ्ना कुरा राख्दै गर्दा उहाँहरुबाट समस्या सुन्नै नचाहेको प्रतिक्रिया पायौं, त्यसपछि व्यवसायीहरु कार्यक्रममा बस्नुको अर्थ रहेन, हामी बहिष्कार गरेर हिड्यौं,’ नेपाल मोबाइल व्यवसायी महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष सापकोटाले भने ।
बिहीबारका लागि आयोजना गरिएको कार्यक्रममा सो प्रदेशका नौ जिल्लाका एक सय भन्दा बढी मोबाइल व्यवसायीहरु सहभागी थिए भने कार्यक्रम धनगढी हसनपुरस्थित डिभोटी होटलमा आयोजना गरिएको थियो ।
पछिल्लो समय मोबाइल व्यवसायीहरुले मोबाइल फोनको कारोबारमा व्यवसायीहरुले प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने माग गर्दै आइरहेका छन् । उनीहरुले अन्य कम्पनीहरुले व्यवसायीलाई दिने मार्जिन बढाउँदा पनि सामसुङले नबढाएको भन्दै असन्तुष्टी जनाउँदै आइरहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस