Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिमेलम्चीमा बाजागाजा सहित कांग्रेस उम्मेद्वार बंशलाल तामाङको घरदैलो अभियान सुरु

    मेलम्चीमा बाजागाजा सहित कांग्रेस उम्मेद्वार बंशलाल तामाङको घरदैलो अभियान सुरु


    सिन्धुपाल्चोक, फागुन । नेपाली कांग्रेस मेलम्ची ११ काे नेतृत्वमा नेपाली कांग्रेसको घरदैलो अभियान मेलम्चीमा बाजागाजा सहित भव्य रूपमा सुरु भएको छ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने मेलम्ची बजारमा आयोजित स्वागत कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रमका क्रममा उम्मेद्वार तामाङलाई घडा राखेर स्वागत गरिएको थियो भने ब्यान्ड बाजाको धुनले मेलम्ची बजार उत्साहमय बनेको थियो ।  कांग्रेसका नगर सभापति वसन्त गुरुङले मेलम्ची बजारको पूर्ण परिक्रमा गरिने जानकारी दिँदै अभियानलाई थप सशक्त बनाइने बताउनुभयो। घरदैलो अभियानका क्रममा मेलम्चीका मतदाताहरू उत्साहित देखिएका थिए। विशेषगरी ईन्द्रावती गाउँपालिकामा तामाङले निर्वाह गरेको भूमिकाका कारण नागरिकमा सकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन्।

    विकास निर्माण, सामाजिक सक्रियता र जनतासँगको निरन्तर सम्वादले मतदातामा भरोसा बढाएको देखिएको छ। अभियानका क्रममा उम्मेद्वार तामाङले आफू निष्ठा र इमानको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “राजनीति सेवा र जिम्मेवारी हो, व्यक्तिगत स्वार्थ होइन,” भन्दै उहाँले पारदर्शिता, जवाफदेहिता र जनमुखी नेतृत्वमार्फत सिन्धु २ को समग्र विकास गर्ने अठोट दोहोर्याउनुभयो। “नवीन विचार बोकेर आयौँ, सिन्धु २ को विकासको खाका लिएर आयौँ, कांग्रेस बदलिएर आएको छ, अब बदल्छौँ सिन्धु २ को अवस्था” भन्ने मूल नारासहित तामाङ चुनावी मैदानमा सक्रिय हुनुहुन्छ। मेलम्चीबाट सुरु भएको यो घरदैलो अभियान आगामी दिनहरूमा क्षेत्रका विभिन्न वडाहरूमा विस्तार गरिने कांग्रेस स्रोतले जनाएको छ। कांग्रेसले संगठन सुदृढीकरणसँगै जनताको विश्वास जित्दै निर्वाचनमा सफलता हासिल गर्ने दाबी गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो…

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा

    टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १३ जनाले पाए…

    टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

    प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

    काठमाडौं ।  खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

    Techie IT