मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
मेलम्ची । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत १५औँ महाधिवेशन तयारी समितिले सिन्धुपाल्चोकको मेलम्ची बजारमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ।
महाधिवेशनको तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन नेपाली कांग्रेसका नेता तथा पूर्व प्रदेशसभा उम्मेदवार एवंम महाधिवेशन प्रतिनिधि विकास तामाङले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संयोजक प्रकाश बस्नेत जिल्ला सह संयोजक विदुर घोरासैनी , जिल्ला सचिव निराजन चौंलागाई ,प्रदेश ख संयोजक रामशरण गिरी लगायत पार्टीका विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सम्पर्क कार्यालयमार्फत महाधिवेशनसम्बन्धी गतिविधि, संगठनात्मक समन्वय तथा आवश्यक तयारीलाई प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ। कार्यक्रममा सहभागी नेताहरूले पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आपसी समन्वय र सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र संगठनात्मक गतिविधि तथा आन्तरिक तयारी तीव्र बन्दै गएको अवस्थामा मेलम्चीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको क्षेत्रिय संयोजक प्रकाश बस्नेतले बताउनुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस