मृतकका आफन्त भेट्न घर घरमा पूर्व मन्त्री बस्नेत
सिन्धुपाल्चोक/१६ असोज, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री सिन्धुपाल्चोक क्षेत्र नं. २ सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढी पहिरोमापरी ज्यान गुमाउने मृतकको परिवारलाई ५० हजारका दरले वितरण गर्ने कार्यलाई जारी राख्नुभएको छ । सोही क्रममा आज समाजसेवी नेकपा माओवादी पूर्ववडा अध्यक्ष लिसंखुपाखर वडा नं ३ वाफल निवासी काजी बहादुर तामाङ र उहाँको धर्मपत्नी सुन्तली तामाङलाई ५०/५० दरले १ लाख रुपैयाँ मृतकका छोरा र छोरीलाई उहाँको घरमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।
नेपाली काग्रेस महासमिति सदस्य एवं सुनकोशी गाउँपालिका पूर्वअध्यक्ष श्रवण कुमार जिसी (विनोद), लिसंखुपाखर नेपाली कांग्रेस सभापति जोगलाल तामाङ (जेठा) ले मृतक परिवारलाई ५० हजार हस्तान्तरण गर्नुभएको थियो । उक्त रकम आपना स्व. पिताको नाममा सामाजिक काममा खर्च गर्ने परिवारका सदस्यहरुले बताउनुभएको छ । पहिरोका कारण लिसंखुपाखर मात्र ५ जनाले ज्यान गुमाएका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस