Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमूर्ति हेर्न र दर्शन गर्न नपाइने त्रिपुरासुन्दरी भगवती

    मूर्ति हेर्न र दर्शन गर्न नपाइने त्रिपुरासुन्दरी भगवती


    काठमाडौं/ २७ असाेज, पुजारीबाहेक मन्दिरमा कसैलाई भगवतीको पूजाआजा तथा दर्शन गर्न निषेध गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखाको पवित्र देवीकोट त्रिपुरासुन्दरी मन्दिरमा कसैले पनि त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भन्ने प्रचलन रहिआएकाले भगवतीको मूर्ति हेर्न र दर्शन गर्न निषेध गरिदैँआइएको छ ।

    ऐतिहासिक, धार्मिक एवम पर्यटकीय महत्व बोकेको किराँतकालमा स्थापना भएको भनाइ रहेको त्रिपुरासुन्दरी भगवतीको पूजाआजा तथा दर्शन गर्न हुन्न भनेर त्यसताकाका तान्त्रिकहरुले रोक लगाएदेखि नै निषेध हुँदैआएको छ ।

    किंवदन्तीअनुसार त्यसताका यहाँका तान्त्रिक सिन्धु भनिने च्वाफे गोस (खरेटो जुङगे) र  विन्दु भनिने तुफी गोस (कुचो जुङगे) ले नै प्रत्येक दिन यहाँबाट तामाकोसी नदी (नागदह) मा गएर नुहाई चोखो पानी ल्याएर भीमेश्वरमा पूजा गर्ने गर्दथे ।

    त्यसक्रममा एक दिन उनीहले नागदहमा तीन वटी दिदीबहिनी खेलेर बसेको देखेका थिए । तान्त्रिक शक्तिले हेर्दा मानिस नभई देवीहरु भएकाले तान्त्रिक विधिले बाँधेर फकाइफुलाई दोलखामा नै बस्ने मन्जुर गराइएका थिए भन्ने भनाइ छ ।

    तिनीहरुमा जेठी अति नै (त्रिपुरमध्येकै) राम्री भएकीले त्रिपुरासुन्दरी भनिएको हो भन्ने किंबदन्ती रहेको स्थानीय तीर्थनारायण जोसीले बताउनुभयो । अर्की माहिली अलि काली भएकीले कालिञ्चोक भगवती भनी अग्लो स्थान (तीन हजार ८४२ मिटर) कालिञ्चोकमा र कान्छी बहिनी बालिका बालकुमारी भनी दोलखामै स्थापित छन् । तिनीहरु सबै तामाकोसी नदी देखिने स्थानमा नै स्थापना भएका छन् ।

    अहिले मरिहेको स्थानमा त्यति बेला पञ्चभलाद्मी बसी निर्णय गर्ने गरेको तथा दोलखा शहरको रक्षार्थ सेना राख्ने कोत पनि भएकाले त्रिपुरासुन्दरीलाई देवीकोट भन्ने गरिएको किंबदन्ती रहेको स्थानीय जोशीले बताउनुभयो ।

    यो मन्दिर अहिलेको ठाउँभन्दा अलि तल रहेको भग्नावशेष अध्यावधिक रहेका छन् । पछि नेपाल सम्वत् ९६५ मा अहिले भएको स्थानमा सारिएको मन्दिर बाहिर रहेको शिलालेखमा उल्लेख छ ।

    किम्बदन्तीअनुसार कुनै दिन एक जनाले पुजारी नभएको बोला पारी मन्दिरभित्र पसेर हेरेका र घर पुगेर मन्दिरभित्र हेरेको भन्ने बित्तिकै रगत छाडेर मरेको खबरले अझसम्म कोही पनि भित्र पसेका छैनन् । यहाँ अर्को रोचक पक्ष पनि रहेको छ । जतिसुकै बोको, राँगो आदि बलि चढाउन ल्याउँदा पनि पूजाकोठामा अरु जान नहुने, हेर्न नहुने प्रचलनले एक्लै पुजारीले च्याइँचुइँ नगरी काटेर बाहिर निकाल्ने गर्छन् ।

    यहाँ बलि चढाएको मासु घर लान नहुने भनिएकाले यहीँ नै पकाएर भोज खाने गरिन्छ । तत्कालीन राजाले आफैँले स्थापना गरेकाले देवीको रक्षार्थ तथा राज्य सञ्चालानार्थ सरसल्लाहका निमित्त आफ्नो घरको झ्याल र मन्दिरको झ्याल खुलै राखेकाले आजसम्म पनि दुङगल टोलको पुरानो घरको र मन्दिरको एउटा झ्याल खुलै राख्ने गरेको किम्बदन्ती छ ।

    २०७२ सालको भूकम्पले ध्वस्त बनाएको मन्दिर पुरातत्विक हिसाबले नै पुनर्निर्माण गरिएको छ । दोलखा मन्दिरै मन्दिरको जिल्लाको रुपमा चिनिने गर्दछ । यहाँ १५४ वटा मठमन्दिर तथा ५५ वटा गुम्बा रहेका एक तथ्याङकले देखाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT