मुग्लिन–नारायणगढ सडक तीन स्थानमा पहिरो, एकतर्फी मात्र सञ्चालन
चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका तीन स्थानमा ढुंगा र लेदो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा पहिरोका कारण सवारी आवागमन प्रभावित भएको हो। तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुलमा माथिबाट ढुंगा खसेका छन् भने सिमलताल क्षेत्रमा लेदो सडकमा थुप्रिएपछि सडक एकतर्फी सञ्चालन गर्नुपरेको जनाएको छ।
पहिरो पन्छाउन सडक डिभिजनले डोजरसहित आवश्यक उपकरण परिचालन गरिसकेको छ। थप पहिरो नझरेको अवस्थामा करिब एक घण्टाभित्र सडकलाई दुवैतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ।
लगातारको वर्षासँगै पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजनले सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ६ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- ७ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव

तपाईको प्रतिक्रिया दिनुहोस