मुख्य नाका नागढुङ्गामा गाडीको चाप : थानकोट, कलङ्की, बालाजुसम्म नै जाम
काठमाण्डौ/१५ असोज, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेपछि चार दिनदेखि अलपत्र परेका गाडी काठमाण्डौ भित्रिन र केही गाडी नागढुङ्गा हुँदै बाहिरिन थालेसँगै सडकमा गाडीको चाप बढेको छ ।
सडक मर्मत भएसँगै दुईतर्फी नै सडक खुलाएर हिजो रात्रि बस सञ्चालनका लागि अनुमति दिइएको थियो । तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरोले ठाउँठाउँमा सडक एकतर्फी छ ।
काठमाण्डौबाट एकैपटक धेरै गाडी छुटेकाले ठूलो जाम परेको र यसको असर काठमाण्डौ उपत्यकाको सडकमा समेत जामको समस्या रहेको ट्राफिक प्रहरीले जनाएको छ । गाडीको लामो लाइन छ । काठमाण्डौको थानकोट, कलङ्की, बालाजु, पानीपोखरीलगायतका ठाउँमा गाडीको चाप छ ।
मुख्य पर्व दशैँ नजिकिँदै गर्दा राजमार्गमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । सडक बिग्रिएकोले पनि यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आउन नदिन अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ । विकल्प भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न पनि यात्रु र गाडी चालकलाई प्रहरीको अनुरोध छ
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस