Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिमुकुल ढकालले रास्वपा महामन्त्री दाबी गरेको रिटमा दुवै पक्षलाई सर्वोच्चले बोलायो

    मुकुल ढकालले रास्वपा महामन्त्री दाबी गरेको रिटमा दुवै पक्षलाई सर्वोच्चले बोलायो


    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री दाबी गर्दै डा.मुकुल ढकालले दिएको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ।बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै पक्षलाई बोलाएर छलफल गराउने आदेश भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

    मंगलबार पक्ष र विपक्षले ढकालको मागअनुसार उनी महामन्त्री हुन् वा होइनन् भन्ने विषयमा छलफल गर्नेछन्।ढकालले बुधबार आफू रास्वपाको महामन्त्री कायमै रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफू रास्वपाको महामन्त्री रहेको र पार्टीले निष्कासन गरेको निर्णय गलत रहेको दाबी गरेका छन्।

    गत साता निर्वाचन आयोगले मुकुल ढकाललाई उनी रास्वपाको महामन्त्री कायमै रहेको भन्ने विवरण उपलब्ध गराएको थियो।‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२ असार ४ मा दर्ता गर्नुभएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८० चैत २० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ आयोगले ढकाललाई उपलब्ध गराएको जानकारी पत्रमा भनिएको छ।

    निर्वाचन आयोगले २०८० चैत २० गते १३ पदाधिकारी र ५ सदस्यहरूको विवरण अद्यावधिक गरेको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    Techie IT