Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनमिस विभाः स्वतन्त्र ब्रान्ड भ्याल्यु, अन्तर्राष्ट्रिय प्रतिनिधित्व र उच्चस्तरीय प्रोडक्सनसहित नेपालकै नम्बर–१ सौन्दर्य प्रतियोगिता

    मिस विभाः स्वतन्त्र ब्रान्ड भ्याल्यु, अन्तर्राष्ट्रिय प्रतिनिधित्व र उच्चस्तरीय प्रोडक्सनसहित नेपालकै नम्बर–१ सौन्दर्य प्रतियोगिता


    काठमाडौं — सन् २०२० मा स्थापना भएको मिस विभा (Miss Vibhaa) आज नेपालको सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र नम्बर–१ सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित भइसकेको छ। निरन्तरता, विश्वसनीयता र अन्तर्राष्ट्रिय सफलताका कारण मिस विभाले नेपालमै आफ्नो स्वतन्त्र पहिचान  उच्च सम्मानित ब्रान्ड भ्याल्यु निर्माण गर्न सफल भएको छ।

    सन् २०२० देखि २०२३ सम्म मिस विभाले नेपालका आधिकारिक प्रतिनिधिहरूलाई मिस युनिभर्स प्रतियोगितामा पठाउँदै नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। यस अवधिमा मिस विभाले उच्च बजेटको प्रोडक्सन, राष्ट्रिय टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रस्तुति सुरु गर्दै नेपालमा सौन्दर्य प्रतियोगितालाई आधुनिक स्वरूप प्रदान गर्‍यो। यस चरणको सबैभन्दा उल्लेखनीय उपलब्धि मिस विभा २०२३ की विजेता जेन डिपिका ग्यारेट को ऐतिहासिक सफलता हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अभूतपूर्व रूपमा चिनायो।

    सन् २०२३ पश्चात्, मिस विभाले नयाँ अध्यायको सुरुवात गर्दै आफ्ना विजेताहरूलाई मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा पठाउन थाल्यो। मिस विभा आफ्नो उच्चस्तरीय  उच्च बजेटको प्रोडक्सन का लागि व्यापक रूपमा परिचित छ। स्टेज डिजाइन, टेलिभिजन तथा डिजिटल प्रसारण, कन्टेन्ट निर्माण र ब्रान्डिङसम्म सबै पक्षमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्दै आएको छ। साथै, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि विजेताहरूलाई प्रदान गरिने शारीरिकमानसिकसञ्चार तथा व्यक्तित्व विकाससम्बन्धी विशेष प्रशिक्षण मिस विभाको प्रमुख विशेषता हो।

    प्रतियोगितामात्र सीमित नरही मिस विभाले डिजिटल प्लेटफर्ममा पनि बलियो उपस्थिति बनाएको छ। सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोअर्स, उच्च एंगेजमेन्ट र प्रभावशाली डिजिटल कन्टेन्टका कारण मिस विभा नेपालकै सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता ब्रान्डको रूपमा स्थापित छ।

    स्वतन्त्र पहिचान, अन्तर्राष्ट्रिय सम्बद्धता, उत्कृष्ट तयारी प्रणाली र मजबुत ब्रान्ड विश्वसनीयताको संयोजनका कारण मिस विभा आज केवल सौन्दर्य प्रतियोगिता मात्र नभई नेपालको पेजेन्ट्री उद्योगको अग्रणी संस्थाका रूपमा आफ्नो स्थान मजबुत बनाउँदै अघि बढिरहेको छ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    Techie IT