Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारमाधव नेपालसंग प्रतिस्पर्धा गरिरहेका आजपा उम्मेदवार साहले भने, ‘रौतहटको ४ वटै क्षेत्र हामी जित्दैछौ’

    माधव नेपालसंग प्रतिस्पर्धा गरिरहेका आजपा उम्मेदवार साहले भने, ‘रौतहटको ४ वटै क्षेत्र हामी जित्दैछौ’


    रौतहट, २६ माघ आम जनता पार्टी (आजपा)का संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ ले यसपटकको निर्वाचनमा रौतहटको चार वटै क्षेत्रमा आजपाका उम्मेदवार बिजयी हुने ठोकुवा गरेका छन् ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी छलफल एवं भेटघाटका क्रममा आज रौतहटको पाथरा, बिनागरा, बरियारपुर लगायतका गाउँमा पुगेका साहले पार्टीले उठाउदै आएको एजेण्डा आम नागरिकको हितमा भएको बुझाई सबैको रहेको बताए ।

    आजपा अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार समेत रहेका प्रभु साहले विगतदेखी रौतहटमा गर्दै आएको विकाश एवं सामाजिक कार्यका कारण आम मतदाताले मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी गराउने उनले बताए ।

    रौतहट–१ बाट त्रिभुवन साह अमर, २ बाट श्रीभगवान पटेल, ३ बाट प्रभु साह र ४ बाट वरिष्ठ पत्रकार समेत रहेका ऋषी धमाला उम्मेदवार रहेको बताउदै उनले यि चारै उम्मेदवार बिजयी हुने बताए ।

    ‘यस पटकको निर्वाचनमा रौतहटका चार वटै क्षेत्रमा मोवाइल छापका उम्मेदवार बिजयी हुने निश्चित रहेको छ । चुनावमा जितेर काम नगर्ने ठुलाठुला नेताहरुलाई यसपटको निर्वाचनमा जिल्लाबासीले मतदान नगर्ने र सबैले मोवाइल छापमा मतदान गर्ने बताउदै गर्दा हामी उत्साही भएका छौं,’ रौतहट १ मा माधव नेपालसंग प्रतिस्पर्धामा उत्रेका साहले भने ।

    जनताको चाहना, आवश्यक्ता अनुसार रौतहटको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, बिजुलीबती लगायतका एजेण्डामा आजपाले नै पुरा गर्न सक्ने बुझाई रौतहटबासीको रहेकाले रौतहट मोवाइलमय बनेको टिप्पणी उनले गरे ।

    ‘रौतहटको विकासका लागि हामीसंग स्पष्ट एजेण्डा र योजनाहरु छन् । बाचा होइन, स्पष्ट एजेन्डा छ हामीसंग । स्वच्छ राजनीति, स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिबद्धता हामीले व्यक्त गरेका छौं,’ आजपा नेता साहले भने, ‘भ्रष्टाचारमा शुन्य सहनशीलता, बजेट खानेलाई सामाजिक बहिष्कार र कडा कानूनी कारवाही ।’

    रौतहटको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष हामीले नै गर्दै आएकाले आजपाका चारवटै उम्मेदवार बिजयी हुने निश्चित रहेको उनले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT