Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २४ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिमाधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ: प्रचण्ड

    माधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ: प्रचण्ड


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् ।शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा उनले भने,, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ। र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ।’

    पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालमाथि १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधबाट भएको निष्कर्ष निकालेको हो। उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको बताए ।तर अहिले त्यही अख्तियारले माधव नेपालमाथि नीतिगत निर्णयमा प्रवेश गरेको भन्दै अब अख्तियारले जवाफ दिने विश्वास व्यक्त गरे।सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाए पछि निकै गम्भिरू रूपमा प्रश्नचिन्ह खडा भएको पनि उनको भनाइ छ ।

    त्यस्तै प्रतिपक्ष दलहरूले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको पनि जानकारी गराए । भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारको प्रतिबद्धता आए पछिल्लो राजनीतिक घटनाक्रमलाई सकारात्मक ढंगले टुंग्याउन सकिने उनको भनाइ छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार

    रुपन्देही २ मा त्रिचालीस हजार मतान्तरमा रास्वपाका सुलभ विजयी

    काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा

    भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

    पर्वतमा रास्वपाका सागर भुसाल विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन्

    तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी

    काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त

    भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी

    Techie IT