Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती ∕ माता बगलामुखीको मूर्ति प्रतिस्थापन तथा प्राण प्रतिष्ठानको १२औँ वार्षिकोत्सव सम्पन्न

    माता बगलामुखीको मूर्ति प्रतिस्थापन तथा प्राण प्रतिष्ठानको १२औँ वार्षिकोत्सव सम्पन्न


    रामचन्द्र दुलाल
    काठमाडौँ, असोज ९ । काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिलमा अवस्थित माता बगलामुखीको मूर्ति प्रतिस्थापन तथा प्राण प्रतिष्ठानको १२औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । चावहिल मैजुबहालमा अवस्थित माता बगलामुखीको मूर्तिलाई खटमा राखेर स्थानीय व्यक्तिहरूले बोकी शोभा रथ यात्रा गर्ने प्रचलन रहँदैआएको छ । परिक्रमाको क्रममा स्थानीयबासीहरूले माता बगलामुखीको दर्शन गरी भक्तजनहरूलाई जल, फूलप्रसादले स्वागत गर्ने प्रचलन रहँदैआएको मंगलामुखी मन्दिर संरक्षण तथा व्यवस्थापन समाजका अध्यक्ष नारायणप्रसाद सिंखडाले बताउनुभयो । उहाँकाअनुसार यसपटक वर्षात्का कारण माता बगलामुखीको मूर्तिलाई खटसहित गाडीमा राखेर बाजागाजासहित शोभा रथ यात्रा गरिएको छ । जसको लागि माता बगलामुखी मन्दिरबाट मैजुबहाल–लाहुरेटोल–श्रम स्कुल–सामुदायिक भवन– गौरीघाट–चावहिल पिपलबोट–चावहिल चुच्चेपाटी हुँदै पुनः मैजबहाल मन्दिर पुगी समापन गरियो । समापन पछि स्थानीयबासीहरुलाई समाजले प्रसाद खुवाउने परम्परा रहेको छ ।
    स्थानीयबासीहरूको सहभागिता र सहयोगले विगत १२ वर्षदेखि यो कार्य गरिँदै आएको समाजका अध्यक्ष सिंखडाले बताउनुभयो । १३ सदस्यीय उक्त समाजमा उपाध्यक्ष वसनारायण डंगोल, सचिव नितिन श्रेष्ठ, कोषाध्यक्ष विजय मानन्धर, सदस्यहरूमा अच्यूतप्रसाद पुडासैनी, मञ्जु शर्मा, सावित्री थापा, उमा खकुरेल, कल्पना प्रधान श्रेष्ठ, निरज कालिका, कृष्णबहादुर प्रजा, रेणुका पाण्डे आचार्य, पविन पण्डित क्षेत्री रहनुभएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT