Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २४ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिमाओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

    माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड


    काठमाडौं/ २८ कात्तिक, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनुभएको छ ।
    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
    ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’
    उहाँले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताउनुभयो । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताउनुभयो ।
    जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरु ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’
    अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको बताउनुभयो ।
    सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारुले जानकारी दिनुभयो ।
    अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार

    रुपन्देही २ मा त्रिचालीस हजार मतान्तरमा रास्वपाका सुलभ विजयी

    काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा

    भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

    पर्वतमा रास्वपाका सागर भुसाल विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन्

    तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी

    काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त

    भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी

    Techie IT