Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ माइतीघरमा राति टेन्ट टाँगेर धर्ना बस्न नपाइने, प्रहरीले गर्‍यो माइकिङ

    माइतीघरमा राति टेन्ट टाँगेर धर्ना बस्न नपाइने, प्रहरीले गर्‍यो माइकिङ


    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा रातिको समयमा टेन्ट टाँगेर धर्ना तथा आन्दोलन गर्न नपाइने भएको छ। धर्नाका लागि टेन्ट टाँगेर बसेकाहरूलाई हटाउन प्रहरीले मंगलबार रातिदेखि माइकिङ गरिरहेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार रातिको समयमा माइतीघर क्षेत्रमा टेन्ट टाँगेर बस्दा धर्नाकारीको सुरक्षा तथा स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो।

    उनले दिउँसो भने माइतीघरमा कार्यक्रम तथा धर्ना गर्न रोक नलगाइएको स्पष्ट पारे। तर, दिउँसो पनि टेन्ट टाँगेर बस्न भने नपाइने प्रहरीले जनाएको छ।

    ‘राति टेन्ट टाँगेर बस्दा उहाँहरूको असुरक्षा हुने भयो। स्वास्थ्यमा पनि समस्या हुने भयो,’ एसएसपी घिमिरेले भने, ‘दिउँसो भने कुनै कार्यक्रम राख्नका लागि रोकेका छैनौँ।’

    माइतीघर मण्डलामा विभिन्न माग राख्दै दिनहुँजसो धर्ना तथा आन्दोलन हुने गरेको छ। प्रदर्शनकारीहरूले टेन्ट टाँगेर लामो समयसम्म बस्ने गरेकाले प्रहरीले रातिको समयमा टेन्ट हटाउन आग्रह गरेको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT