Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ महिलाहरुकाे आर्थिकस्तर उकास्न स्थानीय व्यापार मेलालाई प्राथमिकतामा राख्छौं – महानगर प्रमुख महर्जन

    महिलाहरुकाे आर्थिकस्तर उकास्न स्थानीय व्यापार मेलालाई प्राथमिकतामा राख्छौं – महानगर प्रमुख महर्जन


    ललितपुर/ १५ भदौ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महिलाहरुकाे आर्थिकस्तर उकास्न स्थानीय व्यापार मेलालाई प्राथमिकतामा राख्ने बताउनुभएको हाे । महानगरकाे वडा नं १४ ले नखिपाेटमा आयाेजना गरेकाे दुई दिने वडास्तरीय तीज व्यापार मेलाकाे शुक्रबार उद्घाटन गर्नुहुँदै महानगर प्रमुख महर्जनले सांस्कृतिक महत्त्व राख्ने परम्परागत पर्वहरुमा स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन लागि पर्ने बताउनुभएको हाे ।
    “हामीले सामाजिक र सम्पदा संरक्षणका क्षेत्रमा दिनप्रतिदिन राम्रो काम गर्दै आइरहेका छाैं, तपाईंहरुले देखिराख्नुभएकाे छ, गत वर्ष नेपाल भरिकै स्थानीय तहमध्ये ललितपुर महानगरले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेकोमा नेपाल सरकारले पुरस्कृत गर्याे, बागमती प्रदेश सरकारबाट सम्पदा क्षेत्रमा राम्रो काम गरेको भनेर पुरस्कृत गर्याे, हामीले गरेका कामहरु अरु स्थानीय तहले पनि अनुशासन गर्दै गइरहेका छन्, हामी महानगरभित्रका महिलाहरुकाे आर्थिकस्तर उकास्न यस्ता पर्वस्तरीय व्यापार मेलालाई प्रवर्द्धन गर्न तत्पर छाैं, हामी मिलेर काम गर्छाैं ।” उहाँले भन्नुभयो ।
    उहाँले मेलाले स्थानीय समुदायलाई एकत्रित गर्न, सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न, र आर्थिक गतिविधि बढाउन मद्दत पुर्‍याउने बताउनुभयो ।

    उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वडाकाे बजेटमा स्थानीय महिला समूहले गरेकाे याे सृजनात्मक र रचनात्मक कार्यकाे प्रशंसा गर्नुभयाे । “समृद्ध महानगर बनाउन सबैलाई उद्यमशील बनाउनु जरुरी छ, याे मेलाले स्थानीय उत्पादन र आर्थिक उपार्जनलाई सहयाेग पुर्‍याउने विश्वास छ।” उहाँले भन्नुभयो ।
    यो मेला तीजको अवसरलाई मनाउने माध्यम मात्र नभई स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्ने एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
    वडा अध्यक्ष अमृतजंग महतले परम्परादेखि नै मनाइँदै आएकाे पर्वकाे अवसरमा महिलाहरुकाे आर्थिक सवलीकरणका लागि याे मेलाका लागि बजेट उपलब्ध गराइएको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिका वडा नं. १४ द्वारा नखिपोटमा आयोजित तीज व्यापार मेला स्थानीय स्तरमा व्यवसायिक गतिविधिहरू प्रवर्द्धन गर्न र तीज पर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्न आयोजना गरिएको बताउनुभयाे । उहाँले वडा महिला समूहलाई बार्षिक बजेट व्यवस्था गरेर सक्रिय बनाउन निरन्तर काम गरिरहेकाे बताउँदै अरु स्थानबाट पनि यहाँकाे मेलामा आउने वातावरण बनाउने बताउनुभयो ।
    वडा महिला सञ्जाल संयाेजक सहनशीला कार्कीले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुलाई आर्थिक उपार्जनमा सहयाेग पुर्‍याउने अभिप्रायले याे मेला आयाेजना गरिएको बताउनुभयो ।
    वडास्तरीय तीज व्यापार मेला १४ गते शुक्रबार र १५ गते शनिबार सञ्चालन हुनेछ । मेलामा महिला समूहहरुका एक सय भन्दा बढि स्टलहरुमा कपडा, विभिन्न साैन्दर्य तथा कस्मेटिक सामग्रीहरु, स्थानीय नेवारी खानाका विभिन्न परिकारहरु, स्थानीय हस्तकलाका उत्पादनहरु लगायतका सामग्रीहरु राखिएका छन्। मेलामा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू, सांस्कृतिक प्रस्तुतिहरू, तथा खानाका परिकारहरूको पनि विशेष व्यवस्था गरिएकाे छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT