Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारमहाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

    महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन


    काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो ।

    पुणेको  बारामतिमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। दुर्घटनामा परी उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको बताइएको छ। दुर्घटनामा अजित पवारसँगै विमानमा एक पीएसओ, एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

    पवारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘जनताका नेता अजितको जनस्तरमा बलियो सम्बन्ध थियो। महाराष्ट्रका जनताको सेवामा अग्रपंक्तिमा रहने एक कर्मठ व्यक्तित्वको रूपमा उहाँले व्यापक सम्मान प्राप्त गर्नुभएको थियो। प्रशासनिक मामिलामा उहाँको बुझाइ र गरिब तथा वञ्चित वर्गलाई सशक्त बनाउने भावना पनि उल्लेखनीय थियो। उहाँको असामयिक निधन अत्यन्तै स्तब्ध पार्ने र दुःखद छ। उहाँको परिवार र शुभचिन्तकहरूप्रति मेरो समवेदना।’

    अजित पवार बारामती विधानसभा क्षेत्रबाट सात पटक महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए । उनले १९९१ को उपनिर्वाचन, त्यसपछि १९९५, १९९९, २००४, २००९ र २०१४ मा लगातार विजय हासिल गरेका थिए । नोभेम्बर २०१९ मा उनले एनसीपीमा विभाजन गराउँदै भारतीय जनता पार्टी नेतृत्वको सरकारमा सहभागी भई उपमुख्यमन्त्री बनेका थिए । सन् २०२४ को फेब्रुअरीमा निर्वाचन आयोगले अजित पवार नेतृत्वको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह प्रदान गरेको थियो । एएनआई




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT