Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिमहाधिवेशन प्रतिनिधि छनोटबारे एमालेको चार निर्णय

    महाधिवेशन प्रतिनिधि छनोटबारे एमालेको चार निर्णय


    काठमाडौं।नेकपा एमालेको बिहीबार बसेको पार्टी सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोटबारे पाँच निर्णय संशोधन गरेको छ।एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि देशैभर एकै दिन मंसिर १३ गते सबै कमिटीमा प्रतिनिधि छनोट हुँदैछ।
    आम पार्टी सदस्यबाट निर्वाचित हुने भूगोल, दलित, उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा शेष संख्या ५० प्रतिशतभन्दा बढी भएमा थप एक जना प्रतिनिधि चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीबाट प्रदेश कमिटी सरह कम्तीमा २ महिलासहित ५ जना चयन गर्ने निर्णय भएको छ।

    उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गतका जिल्ला कमिटीमा पनि भौगोलिक जिल्ला कमिटी सरह १२०० संगठित सदस्यभित्र ४० वर्ष मुनिका युवाहरू चयन गर्ने निर्णय भएको छ।यसरी चयन गरिएका प्रतिनिधिको नामावली तोकिएको ढाँचामा मंसिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने र प्रतिनिधि विवरण दर्ता गर्दा तोकिएको शुल्क पदेन प्रतिनिधिका लागि ३००० रूपैयाँ र निर्वाचित प्रतिनिधिका लागि २००० रूपैयाँ समेत बुझाउनुपर्ने निर्णय एमालेले गरेको छ।

    महाधिवेशन उद्घाटन सत्रमा प्रतिगमनकारी षड्यन्त्रका विरूद्धको जनशक्ति प्रदर्शनको योजनासहित आमजनताको सहभागितामा भव्य उद्घाटन समारोह आयोजना गरिएकोले पार्टी सदस्यहरू र आम  जनताको सहभागिताका लागि सम्बन्धित जिल्ला र पालिका कमिटीहरूले विशेष कार्ययोजना बनाउने र त्यसको जानकारी केन्द्रीय कार्यालयमा गराउने निर्णय पनि गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT