Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमहाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन


    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८ करोड ९४ लाख ४६ हजार रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको सत्तलको बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्।

    उद्घाटन कार्यक्रममा डंगोलले करदाताको लगानीबाट पुनःनिर्माण भएका सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै यस्ता संरचनालाई व्यावसायिक प्रयोजनका लागि नभई धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिका लागि उपयोग गर्नुपर्नेमा जोड दिइन्। स्पष्ट संरक्षण योजना र उपयोगको सुनिश्चिततासहित संरचना गुठी संस्थानलाई हस्तान्तरण गर्न महानगर तयार रहेको उनले बताइन्।

    सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिकाले अन्य निकायको जिम्मेवारीमा रहेका सम्पदाको संरक्षण र पुनःनिर्माणमा समेत लगानी गरिरहेको उल्लेख गर्दै सम्पदाको मौलिकता जोगाउन महानगर प्रतिबद्ध रहेको बताए। उनले सम्पदा संरक्षणमा सम्बन्धित निकायबीचको समन्वय आवश्यक रहेको पनि औँल्याए।

    कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन तथा गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहालले पनि सम्पदा संरक्षणको महत्वबारे धारणा राखेका थिए।

    सम्पदा तथा पर्यटन विभागका अनुसार पुनःनिर्माणको प्रारम्भिक लागत अनुमान १० करोड १० लाख ७९ हजार रुपैयाँ रहे पनि सार्वजनिक खरिद प्रक्रियामार्फत विनायक–एसपी–बोहोरा जेभीले निर्माण कार्य सम्पन्न गरेको हो। भेरिएसनपछि ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँमा परियोजना सम्पन्न भएको विभागले जनाएको छ।

    वि.सं. १९९७ सालको ऐतिहासिक तस्बिरलाई आधार मानेर पुनःनिर्माण गरिएको ५८३.८१ वर्गमिटर क्षेत्रफलको चौघेरा सत्तलमा परम्परागत निर्माण सामग्री र मौलिक शैली प्रयोग गरिएको छ। सत्तलमा भुइँतलामा नौ कोठा, पहिलो तलामा तीन सभा कक्ष, एक कोठा, एक भण्डार कक्ष तथा माथिल्लो भागमा बुइँगल निर्माण गरिएको छ।

    करिब १,३०० वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ। नेवार तान्त्रिक परम्परासँग जोडिएको यो मन्दिर काठमाडौंका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT