मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा, केही स्थानमा एकतर्फी यातायात
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । हुग्दी खोलानजिक पानीधारामा आइतबार साँझ ६ बजे ठूला चट्टानसहित पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सोमबार बिहान ११ बजेदेखि सञ्चालनमा आएको हो ।
नागढुंगा–मलेखु सडक आयोजना (पश्चिम खण्ड)का अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएसँगै सडकखण्ड सञ्चालनमा ल्याइएको हो ।
आयोजनाले जारी गरेको सूचनामा भनिएको छ, “आज बिहान ११ बजे पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको छ । यद्यपि धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेउतर्फ भासिएको छ । सो स्थानहरूमा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।”
आयोजनाका अनुसार आइतबारदेखि वर्षा रोकिए पनि पहिरो खस्ने जोखिम भने कायमै छ । विशेषगरी कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा तथा हुग्दीदेखि जवाङ खोलासम्मको क्षेत्रमा ढुंगा खस्ने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
आयोजनाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन यात्रुलाई अनुरोध गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस