मन्त्री फेरबदलमा बाधक नबन्ने : कांग्रेस
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्कर्माले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने बताएका छन् । उनले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताए । बिहीबार सानेपामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले बैठकमा भने त्यसबारे छलफल हुन बाँकी रहेको बताए । ‘मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘अहिले गठबन्धनको सरकार छ । तैपनि प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्छ, त्यसमा कांग्रेस बाधक बन्दैन ।’
नेता विश्वकर्माले सरकारको सफलता र असफलताको विषयमा प्रधानमन्त्रीकै हातमा निर्भर रहेको बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस