मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु यस्ता छन्
काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले दूरगामी महत्वका साथै तत्कालीन आवश्यकताका बारेमा निर्णयहरु गरेको हो ।
आजको बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिससहितका ४ वटा निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलले बैठकका निर्णयहरुबारे जानकारी दिए ।
यस्ता छन् निर्णयहरु
१. परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने ।
२. भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
३. संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने ।
४. संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार
- ७ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि

तपाईको प्रतिक्रिया दिनुहोस