Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमन्त्रालयले काम गर्न कानुनमा सुधार आवश्यक छ : खानेपानीमन्त्री यादव

    मन्त्रालयले काम गर्न कानुनमा सुधार आवश्यक छ : खानेपानीमन्त्री यादव


    काठमाडौं/ ४ मंसिर, खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले काम गर्न कानुनमा सुधार आवश्यक रहेको बताउनुभएको छ। मङ्गलबार खाने पानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो। 
    ‘‘म ऐन हेरेर हैरान छु। मन्त्रालयले काम गर्न कानुनमा सुधार गर्नु आवश्यक छ। मन्त्रालय विभाजन गर्दा खानेपानी मन्त्रालयलाई कम शक्ति दिइयो। अहिले खानेपानी मन्त्रालयलाई शक्तिशाली बनाउने प्रयासमा छु’’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो।  उहाँले खानेपानी मन्त्रालयलाई खानेपानी र सरसफाइ मन्त्रालय बनाउन सकेमा मन्त्रालय शक्तिशाली हुने उल्लेख गर्नुभयो। 
    उहाँले भन्नुभयो, ‘‘मन्त्रालयलाई मजबुत गराउनु नै मेरो दायित्त्व र धर्म हो। मेरो अबको कदम तथा सरसफाइलाई कसरी ल्याउने ?  म त्यसमा लागिपरेको छु। त्यो आयो भने त्यसको धेरै शक्ति यसमा आउँछ। बाहिर गएको शक्तिलाई कसरी फर्काउने भन्नेमा म लागिरहेको छु।  त्यो फिर्ता नल्याएसम्म हामी चाहेअनुसार मन्त्रालय चलाउन सक्दैनौँ। मन्त्रालयमा मन्त्रीहरु आउनै मान्दैनन्। खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि पहिल्यै नाक खुम्च्याउँछन्। तर म रमाइरहेको छु।’’ कर्मचारी र राजनीतिज्ञ मिलेर मन्त्रालयलाई राम्रो बनाउनुपर्नेमा उहाँको जोड छ। 
    विभागको कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले विभागको पाँच दशकको योगदानको सम्मान गर्नुभयो। उहाँले मन्त्रालयको भन्दा विभागको इतिहास गौरवमय भएको उल्लेख गर्नुभयो।

    मन्त्री यादवले शौचालय र खानेपानीको महत्त्व उल्लेख गर्नुहुँदै खानेपानीमा प्रविधिको प्रयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ। ग्रामीण क्षेत्रको खानेपानीको समस्या सरकारको प्राथमिकतामा पर्नुपर्ने उहाँको भनाइ छ। मन्त्रालयका लागि छुट्याएको बजेट हात्तीका मुखमा जिरा भएको भन्दै अब बजेट बढाउनुपर्नेमा उहाँको जोड छ। बजेट बढाउन अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी गराउनुभएको छ।
    मन्त्री यादवले निजी क्षेत्रले मुहानको पानी सजिलै प्राप्त गर्ने तर सरकारले लिन खोज्दा कानुन छैन भनेर रोक्ने प्रवृत्ति रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताउनुभयो। ‘‘यहाँ निजी कम्पनीको ग्याङले सजिलै मूलको पानी ट्याङ्करमा पाउँछ तर प्रक्रियागत रुपमा काम गर्न अगाडि बढ्दा समस्या छ। यो विषय प्रधानमन्त्रीसमक्ष राखेको छु’’, मन्त्रालयको प्रक्रियागत समस्याबाट जानकारी दिँदै उहाँले भन्नुभयो। 
    उहाँले खानेपानी  तथा ढल विभागको स्थापना दिवसको अवसरमा कर्मचारीलाई शुभकामना दिनुहुँदै विपदमा कर्मचारीले गरेको कामको प्रशंसासमेत गर्नुभयो। ‘‘विपदमा तपाईंहरु कर्मचारीको खटाइले हाम्रो शिर ठाडो भएको छ। विपद्को पूर्व तयारी नभए पनि सकेको काम हामीले गरेका छौँ’’, उहाँले थप भन्नुभयो। 
    जलवायु परिवर्तन र चुरे दोहनले खानेपानीको समस्या 
    मन्त्री यादवले जलवायु परिवर्तन र चुरे दोहनले तराईंमा खानेपानीको समस्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले चुरे दोहनमा सक्रिय माफियाको शक्ति मन्त्रीको भन्दा बढी हुँदै जाँदा सङ्कट आइपरेको खुलासा गर्नुभयो। यसअघि वन मन्त्रालयको नेतृत्वमा हुँदा माफियाले कसरी काम गर्छन् भन्ने कुरा थाहा पाएको उहाँले उल्लेख गर्नुभयो। 
    ‘‘केही वर्षअघिसम्म तराईमा ८०–९० फिटमा पानी आउने भए पनि अहिले ३५० फिट तल मात्र पानी आउँछ। बोरिङका लागि पाँच सय फिट गाड्नुपर्छ। तराईंमा जलवायु परिवर्तन र चुरो दोहन प्रमुख समस्या बनेर आएका छन्’’, मन्त्री यादवले भन्नुभयो। उहाँले मन्त्रालयमा चुनौती धेरै र बजेट थोरै हुँदा काम गर्न समस्या भएको उल्लेख गर्नुभएको छ।

    मन्त्री यादवले खुला दिसामुक्त घोषणा गर्ने तर अनुगमन नगर्ने प्रवृत्तिले यो कार्यक्रम सफल नभएको भन्दै अझै चेतानाको अभाव रहेको बताउनुभएको छ। अनुगमनमा तीन तहका सरकारको समन्वयमा कमजोरी भएको उहाँको भनाइ छ। 
    कार्यक्रमलाई मन्त्रालयका सचिव प्रमिलादेवि शाक्य बज्राचार्यले सम्बोधन गर्नुभयो। विभागका महानिर्देशक रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका महाशाखा र शाखा प्रमुखसँगै कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा विभागमा लामो समयदेखि योगदान गर्ने कर्मचारीलाई मन्त्री यादवले सम्मान गर्नुभयो। 




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT