Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता भएको अनुमान

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता भएको अनुमान


    काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ ।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मृतकमध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङ सदरमुकाम ल्याइएको छ ।

    हिमपहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेका छन् । तर, घटनापछि अझै १० जनाभन्दा बढी सम्पर्कविहीन रहेको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।

    उद्धार टोलीलाई हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा परिचालन गरिएको छ । सोमबार अपराह्नसम्ममा खोजी तथा उद्धार कार्यबारे थप विवरण प्राप्त हुन सक्ने जनाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सोमबार बिहान सदरमुकाममा ल्याइएका दुई जनाको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । अन्य दुई जनाको शव भने सदरमुकाममै राखिएको छ ।

    बेस क्याम्प निर्माण, डोरी टाँग्नेलगायतका कामका लागि हिम्लुङ हिमाल क्षेत्रमा पुगेका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT