Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारमनसुनी प्रभाव सक्रिय: लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना, विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने

    मनसुनी प्रभाव सक्रिय: लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना, विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने


    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय क्षेत्र सरदर स्थान आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

    सुदूरपश्चिमका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। मधेश प्रदेशका एक–दुई स्थानमा समेत वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

    आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT