जनकपूर।मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।
आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो ।
गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा शपथ लिएर मुख्यमन्त्री बनेका यादवले २२ दिनमै राजीनामा दिएका हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ३ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस