Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ मधुमेह (सुगर)का बिरामीले नखानुस् यी फलफूल

    मधुमेह (सुगर)का बिरामीले नखानुस् यी फलफूल


    काठमाडौं/२९ कात्तिक,मधुमेह अर्थात् सुगरका बिरामीहरूले गुलियो खानेकुराहरू सेवन गर्नुहुँदैन भन्ने कुरा तपाई हामीले सुनिरहेकै कुरा हो ।
    यसैगरी चामल अर्थात् भातको सेवन पनि निकै कमै मात्रामा गर्नुपर्छ भनेर हामीले पढिरहेका हुन्छौ । आज हामी तपाईँहरूका लागी नयाँ कुरा अर्थात् मधुमेहका बिरामीहरूले खान नहुने फलफूलहरूको विषयमा पनि जानकारी गराउँछौ ।
    फलफूलमा पानी, भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट र विभिन्न प्रकारका पोषक तत्त्वहरू पाइन्छन्। प्राकृतिकरुपमा पाइने गुलियोपनाले शरीरलाई कुनै पनि हानि पुर्‍याउँदैन ।
    फलफूल स्वास्थ्यका लागि फाइदाजनक पनि छ । तर, मधुमेह भएका व्यक्तिहरूले कुन फलफूल खाने, कुन नखाने थाहा पाउन धेरै आवश्यक छ ।
    चेरी
    मध्यम आकारको एक कप चेरीमा १८ ग्रामसम्म चिनी हुन्छ । यदि, कोही मधुमेहका बिरामीले चेरी खान चाहन्छन् भने एकदमै कम मात्रामा खानुपर्ने हुन्छ । त्यसैगरी, तौल कम गर्न चाहने व्यक्तिहरूले पनि चेरी नखाएकै राम्रो हुन्छ ।
    अङ्गुर
    अङ्गुर पनि स्वादिलो र मिठो फलमा पर्छ । मध्यम आकारको एक कप अङ्गुरमा २३ ग्रामसम्म चिनी हुने भएकाले मधुमेहको समस्या भएका व्यक्तिले धेरै मात्रामा अङ्गुर खानु हुँदैन ।
    आँप
    फलको राजा भनेर आँपलाई लिने गरिन्छ । आँप मन नपराउने व्यक्ति सायद कमै होलान्।् । एक दाना आँपमा ४५ ग्रामसम्म चिनी हुने हुनाले मधुमेह भएका व्यक्तिले आँप खान उचित मानिँदैन ।
    एभोकाडो
    एभोकाडो स्वास्थ्यका हिसाबले एकदमै लाभदायक फल मानिन्छ। एभोकाडोमा १.२२ ग्रामसम्म चिनी हुन्छ । यसलाई हामी सलाद, टोस्ट र जुस बनाएर पनि खान सक्छौँ। एभोकाडोमा चिनीको मात्रा एकदमै कम हुने भएकाले जुनसुकै रोगका बिरामीले पनि खान सक्छन्। तर, मधुमेहका बिरामीले भने कम खादा राम्रो हुन्छ ।
    तरबुजा
    गर्मीमा सबैभन्दा बढी खाइने फलफूल मध्ये तरबुजा पनि एक हो । तरबुजामा प्रशस्त पानीको मात्रा पाइने भएकाले गर्मीयाममा बढी खाने गरिन्छ । तरबुजाले शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीलाई पूरा गर्ने गर्दछ । एउटा तरबुजामा १७ ग्रामसम्म चिनीको मात्रा हुने भएकाले मधुमेहका बिरामीहरूले यो पनि नखाएकै राम्रो। यदि खानै पर्यो भने पनि थोरै मात्रामा खान सकिन्छ ।
    केरा
    केरालाई शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ । पाकेको एक कोसा केरामा १४ ग्रामसम्म चिनी हुन्छ । हामीले केरालाई नास्ताका रूपमा पनि खान सक्छौँ भने धेरै भोक लागेको र शक्ति चाहिएको समयमा पनि खान सक्छौँ । तर, मधुमेह र तौल कम गर्न चाहने व्यक्तिहरूले भने केरा सकेसम्म नखाएकै राम्रो हुन्छ ।
    अम्बा
    अम्बा प्रायः सबै मौसममा पाइन्छ। अम्बालाई स्वादिलो र मिठो फलका रूपमा लिने गरिन्छ। एउटा मध्यम आकारको अम्बामा ५ ग्रामसम्म चिनी र ३ ग्रामसम्म फाइबर पाइन्छ । यदि कसैलाई अत्यधिक मात्रामा फाइबर चाहिएको छ भने अम्बालाई नतासेर छाला सँगै खान सकिन्छ। त्यस्तै अम्बालाई हामीले जुस बनाएर पनि खान सक्छौँ ।
    नासपती
    एउटा मध्यम आकारको नासपतीमा १७ ग्रामसम्म चिनी रहेको हुन्छ । नासपती खादा रगतमा चिनीको मात्र बढ्ने सम्भावना बढी भएकाले मधुमेहका बिरामीले नासपती सकेसम्म नखाएकै राम्रो हुन्छ । खानै परे पनि थोरै खानुपर्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT