मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र ‘म मदनकृष्ण’को छायांकन सुरु
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र **‘म मदनकृष्ण’**को छायांकन सुरु भएको छ । शुभमुहूर्त गर्दै आजदेखि चलचित्रको औपचारिक छायांकन थालिएको हो ।
चलचित्रको छायांकन काठमाडौं, पाँचखाल र पनौतीका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई आगामी चैत ४ गतेदेखि नेपालभर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
निर्देशक मिलन चाम्सका अनुसार चलचित्रमा मदनकृष्ण श्रेष्ठको संघर्ष, सफलता तथा जीवनका विभिन्न आरोह–अवरोहलाई कथावस्तु बनाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी र उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन् ।
त्यस्तै, अरुण क्षेत्रीले हरिवंश आचार्य तथा वर्षा राउतले हरिवंशकी श्रीमतीको भूमिका निर्वाह गर्नेछन् ।
चलचित्रमा मदनकृष्णको बाल्यकालदेखि सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटनालाई समेटिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसीलगायत कलाकारको अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् । चलचित्रको काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर आरआर फिल्म्सले वितरण गर्नेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस