मतदाता नामावली संकलनको समय थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन् ।उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी छन् । यसकाे बारेमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी आयुक्त भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई दिएका छन्।
उनले शुक्रबार दिउँसो भण्डारीसँग फोनमा कुरा गर्दै मतदातामा नामावलीमा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइनबाट भर्नेहरूको समेत लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी छन् ।राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।फागुन २१ गतेको निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए
- ७ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

तपाईको प्रतिक्रिया दिनुहोस