मछिन्द्रनाथको जात्रा सकिएकाे जानकारी दिन जाेडी भंगेरा उडाइयाे, सप्तपातल पाेखरीमा जाेडी माछा छाेडियाे
ललितपुर/ ९ भदौ : मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी दिन शनिबार जाेडी भंगेरा उडाएर सप्तपातल पाेखरीमा जाेडी माछा छाेडिकाे छ । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी इन्द्र महाराजलाई जानकारी दिनुपर्ने मान्यता रहिआएकाे पाटनका स्थानीय किरण स्थापितले बताउनुभयो ।
“रथ जात्रा सकिएकाे जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, साेही अनुसार मर्त्यमण्डलमा जानकारी जाेडी भंगेरा उठाउने र पातालमा जानकारी दिन जाेडी माछा सप्तपाताल पाेखरीमा छाेडिन्छ, त्यही कार्य आज भयाे।” स्थापितले भन्नुभयो ।
जाेडी भंगेरा उठाउनु र जाेडी माछा पाेखरी छाेड्नु अगाडी जात्रा समापनकाे प्रक्रिया पूरा गर्न विहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जाेडी भंगेरालाई कथा सुनाइएकाे थियाे ।
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा आइतबार साउन २० गते आइतबार भाेटाे देखाएपछि सम्पन्न भएको थियाे ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्याउनुपर्ने परम्परा अनुसार उक्त कार्य सम्पन्न भएको थियाे ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
- ४ उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
- ५ ९ वटा बैंकको ब्याजदर घट्यो, १० वटाको स्थिर
- ६ कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
- ७ प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख

तपाईको प्रतिक्रिया दिनुहोस