मछिन्द्रनाथको जात्रा सकिएकाे जानकारी दिन जाेडी भंगेरा उडाइयाे, सप्तपातल पाेखरीमा जाेडी माछा छाेडियाे
ललितपुर/ ९ भदौ : मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी दिन शनिबार जाेडी भंगेरा उडाएर सप्तपातल पाेखरीमा जाेडी माछा छाेडिकाे छ । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी इन्द्र महाराजलाई जानकारी दिनुपर्ने मान्यता रहिआएकाे पाटनका स्थानीय किरण स्थापितले बताउनुभयो ।
“रथ जात्रा सकिएकाे जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, साेही अनुसार मर्त्यमण्डलमा जानकारी जाेडी भंगेरा उठाउने र पातालमा जानकारी दिन जाेडी माछा सप्तपाताल पाेखरीमा छाेडिन्छ, त्यही कार्य आज भयाे।” स्थापितले भन्नुभयो ।
जाेडी भंगेरा उठाउनु र जाेडी माछा पाेखरी छाेड्नु अगाडी जात्रा समापनकाे प्रक्रिया पूरा गर्न विहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जाेडी भंगेरालाई कथा सुनाइएकाे थियाे ।
गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा आइतबार साउन २० गते आइतबार भाेटाे देखाएपछि सम्पन्न भएको थियाे ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्याउनुपर्ने परम्परा अनुसार उक्त कार्य सम्पन्न भएको थियाे ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस