मंगलबारसम्मको अल्टिमेटम,माग पूरा नभए काम ठप्प पार्ने नर्सहरूको चेतावनी
काठमाडौं। सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्।सरकारले तोकेअनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, सक्कल शैक्षिक प्रमाणपत्र अस्पतालले राख्न नपाउने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राख्दै कार्तिक २ गतेदेखि नर्सिङ स्टाफहरूले आन्दोलन गरेका थिए।
उनीहरूले मेडिकल कलेजमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने, श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार उचित ड्युटी समय, विश्राम र बिदाको सुविधा दिनुपर्ने, नर्स तथा प्यारामेडिक्स हरूलाई स्वास्थ्य सेवाको आधारमा मान्यता र सम्मान दिनुपर्ने, मेडिकल कलेजभित्र पर्याप्त चेन्जिङ रुम, नर्सिङ रुम र लकरको व्यवस्था हुनुपर्ने लगायतका माग पनि राखेका छन्।मंगलबार सम्म माग सम्बोधन नभए सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका हुन्।
शनिबार साँझ विज्ञप्ति जारी गर्दै कार्तिक ११ गते मंगलबार दिउँसो १ बजेसम्म माग सम्बोधन नभए मेडिकल कलेजको सेवा पूर्ण रूपमा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन्।उनीहरूले आफूहरूको आन्दोलनप्रति मेडिकल कलेजमा कार्यरत ल्याब टेक्निसियन, फार्मासिस्ट, रेडियोलोजिस्ट, सिएमए, हेल्थ असिस्टेन्ट लगायत सबै स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता रहेको बताए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस