Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियभोलि सूर्यग्रहण लाग्दै, नेपालबाट भने नदेखिने

    भोलि सूर्यग्रहण लाग्दै, नेपालबाट भने नदेखिने


    काठमाडौं । भोलि बुधबार अर्थात् १२ अगस्ट (२७ साउन २०८३) मा सूर्यग्रहण लाग्दैछ । खगोलविद्का अनुसार यो सूर्यग्रहण विश्वका विभिन्न क्षेत्रमा पूर्ण तथा आंशिक रूपमा देखिनेछ ।

    नासाका अनुसार उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागबाट सूर्यग्रहण पूर्ण रूपमा देखिनेछ । उत्तरी रुसको दुर्गम क्षेत्रमा दिउँसो देखिने ग्रहण पूर्वतर्फ सर्दै स्थानीय समयअनुसार सूर्यास्त हुनुअघि स्पेनमा देखिनेछ ।

    त्यस्तै, अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तर–पश्चिमी अफ्रिका तथा युरोपका अधिकांश क्षेत्रमा सूर्यग्रहण आंशिक रूपमा देखिनेछ । केही स्थानबाट सूर्यको ९० प्रतिशत वा त्यसभन्दा बढी भाग चन्द्रमाले ढाकेको देखिने नासाले जनाएको छ ।

    अफ्रिका र मुख्यभूमि युरोपका केही क्षेत्रमा भने सूर्यास्तको समयमा ग्रहण देखिनेछ । तर, यो सूर्यग्रहण नेपालबाट भने देखिने छैन ।

    खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आएर सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न अवरोध हुँदा सूर्यग्रहण लाग्छ । सूर्यग्रहणका लागि सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा आउनुपर्छ ।

    वैज्ञानिकहरूले सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने चेतावनी दिएका छन् । साधारण सनग्लास प्रयोग गरेर पनि सूर्यग्रहण हेर्न सुरक्षित हुँदैन । यसबाट आँखाको रेटिनामा स्थायी क्षति पुग्न सक्ने भएकाले सूर्यग्रहण हेर्दा प्रमाणित विशेष सुरक्षात्मक चस्मा प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

    नासालगायत विभिन्न खगोलीय संस्थाले भोलिको सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन् ।

    यसअघि २ असोज २०८२ मा पनि सूर्यग्रहण लागेको थियो । उक्त सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन । न्यूजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्कटिकालगायत क्षेत्रबाट त्यसबेला सूर्यग्रहण देखिएको थियो ।

    सामान्यतया सूर्यग्रहण औँसीका दिन र चन्द्रग्रहण पूर्णिमाका दिन लाग्ने गर्छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT