भोटेचौर स्वास्थ्य चौकीमा पूर्व स्वास्थ्यमन्त्री बस्नेतको पहलमा स्वास्थ्य सामाग्री वितरण
काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको पहलमा भोटेचौर स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
मेलम्ची नगरपालिका वडा नं १ मा रहेको भोटेचौर स्वास्थ्य चौकी र वडा नं २ भोटेचौर स्वास्थ्य इकाईलाई पूर्व स्वास्थ्यमन्त्री बस्नेतको पहलमा सामाग्री वितरण गरिएको मन्त्रीको प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए ।
विभिन्न स्वास्थ्य सामाग्रीहरु सयोजक रामचन्द्र दुललको उपस्थितिमा जनप्रतिनिधि र स्थानिय सामाजिक व्यक्तित्वहरुको रोहबरमा हस्तान्तरण गरियो हो ।
जनप्रतिनिधि र स्थानिय सामाजिक व्यक्तित्वहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा पूर्व स्वास्थ्य मन्त्रीलाई धन्यवाद व्यत्त गरेका थिए । उनीहरुले आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए । स्वास्थ्य सामाग्री उपलब्ध सँगै बिरामीको उपचारमा थप सहज हुने बताइएकोे छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस