Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारभोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित

    भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित


    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ। बाढीका कारण कुल ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल क्षमता ४०६.१ मेगावाट रहेको छ। यसबाहेक प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि प्रभावित भएको छ।

    प्रभावित जलविद्युत् आयोजनामा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन, ४२.५ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजना रहेका छन्।

    त्यस्तै, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.८ मेगावाटको माथिल्लो मैलुङ र ५ मेगावाटको मैलुङ जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन्।

    प्रभावित आयोजनामध्ये रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–३ ‘ए’, त्रिशूली र देवीघाट नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी वा आयोजनासँग सम्बन्धित छन्। लाङटाङ जलविद्युत् आयोजना भने निजी क्षेत्रको हो।

    बाढीका कारण जलविद्युत् आयोजना, प्रसारण तथा अन्य विद्युत् संरचनामा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भए पनि क्षतिको पूर्ण मूल्याङ्कन हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT