भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री शाहको जानकारी, उद्धार र राहतलाई प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै प्रधानमन्त्री शाहले बाढीपछि सरकारले तत्कालै उद्धार तथा राहतका लागि विभिन्न संयन्त्र परिचालन गरेको जानकारी दिएका हुन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा आवश्यक सामग्री वितरणसँगै अवरुद्ध सडक र सञ्चार सेवा सञ्चालनका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ।
प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए।
उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको पनि प्रतिनिधिसभालाई जानकारी गराए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो

तपाईको प्रतिक्रिया दिनुहोस