Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ भोटेकोशी बाढीबारे विज्ञ अध्ययनपछि सरकारले चाँडै स्पष्ट पार्नुपर्छ : रवि लामिछाने

    भोटेकोशी बाढीबारे विज्ञ अध्ययनपछि सरकारले चाँडै स्पष्ट पार्नुपर्छ : रवि लामिछाने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताएका छन् ।

    बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क र छलफल गरिरहेको बताए ।

    उनका अनुसार सरकार र राजनीतिक दलको जिम्मेवारी फरक रहेकाले आ–आफ्नो जिम्मेवारीअनुसार काम अघि बढिरहेको छ । पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी सरकारले निर्वाह गर्ने स्पष्ट व्यवस्था रहेकाले काममा दोहोरोपन आवश्यक नरहेको उनको भनाइ छ ।

    लामिछानेले संसदीय समिति वा सर्वदलीय संयन्त्रबाट हुने कामको स्वामित्व सरकारले नलिने अवस्था नरहेको पनि बताए । सरकार र सम्बन्धित निकायले आवश्यक जिम्मेवारी लिएर अघि बढ्ने उनले स्पष्ट पारे ।

    भोटेकोशी बाढीको प्रकृतिबारे विज्ञमार्फत अध्ययन गरी घटनाको वास्तविक कारणबारे सरकारले चाँडै स्पष्ट पार्नुपर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भएको उनले जानकारी दिए । बाढीको प्रकृति जटिल र अनुसन्धान तथा प्राविधिक विज्ञता आवश्यक पर्ने भएकाले विज्ञको अध्ययनपछि यसको वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

    लामिछानेले बाढीपछि सरकारले प्रारम्भिक चरणमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको र अहिले राहत तथा पुनःस्थापनाको काम अघि बढिरहेको बताए । पुनःस्थापना र पुनर्निर्माण लामो चरणको काम भएकाले सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू योजना निर्माणदेखि स्थलगत कामसम्म सक्रिय रहेको उनले बताए ।

    उनका अनुसार सरकारी निकायहरूले आवश्यकताअनुसार बैठक, निर्णय र स्थलगत कामलाई निरन्तरता दिइरहेका छन् ।

    यसैबीच, रास्वपाभित्र सरकारका कामकारबाहीबारे हुने आलोचनालाई लामिछानेले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरेका छन् । पार्टीका नेता तथा सांसदहरूले आफ्ना धारणा राख्ने शैली फरक हुन सक्ने भन्दै त्यसलाई लिएर पार्टीभित्र कुनै ठूलो समस्या नरहेको उनले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT